स्काईलाइन इन्फ्रा लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष प्रतिक अग्रवालको अध्यक्षतामा वैशाख ११ गते होटल सरोवर, वीरगञ्जमा साँझ ५ बजे सभा आयोजना गरिएको हो। सभाले कम्पनीको २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्ने महत्वपूर्ण निर्णय गरेको छ। साथै, शेयर निष्काशनसम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरिएको छ। […]