नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा तयार गरिएको नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक गरेका छन्। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले डिजिटल माध्यमलाई प्रभावकारी रूपमा उपयोग गर्दै पार्टीको सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यले नयाँ प्लेटफर्म सञ्चालनमा ल्याइएको बताए। कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पछिल्लो समय सत्यलाई तोडमोड […]