काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको जलविरे नजिकै सुक्खा पहिरो खस्दा बिहीबार साँझ सवारी आवागमन एकतर्फी रुपमा मात्रै संचालन भएकाे छ। पहिरो पन्छाएर दुईतर्फी सवारी आवागमन सुचारु हुन करिब २ घण्टा लाग्ने अनुमान गरिएको सडक डिभिजन भरतपुरले जनाएको हाे । डिभिजनले साेही क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न समेत आग्रह गरेका छ। […]