काठमाडौँ । सल्यानका युवा अभियन्ता युवराज खड्काले विद्युतीय कारोबारसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत सल्यानका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले बुधबार खड्कालाई सफाइ दिने फैसला गरेको हो । काठ तस्करीको आरोपसम्बन्धी विषय सामाजिक सञ्जालमा उठाएपछि खड्काविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत मुद्दा दायर भएको थियो । बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतम तथा काठ […]