काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उता भारतीय प्रधानमन्त्री मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग सौहार्दपूर्ण फोनवार्ता भएको बताएका छन्। उनले भदौ २३-२४ भएको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति […]