साउदी अराम्कोको प्रशासनिक भवनमा आक्रमण, यमनमा तेल पूर्वाधारमाथि हवाई हमला

साउदी अरेबियाको सरकारी तेल कम्पनी अराम्कोको धहरानस्थित प्रशासनिक भवनमा मंगलबार आक्रमण भएको छ। आक्रमणबाट सीमित आगलागी भएको तर कसैको मृत्यु वा घाइते नभएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ। रोयटर्स र एसोसिएटेड प्रेसले मन्त्रालयलाई उद्धृत गर्दै घटनाको पुष्टि गरेका छन्। यमनको राजधानी सानामा साउदी नेतृत्वको गठबन्धनले तेल पूर्वाधारमा आक्रमण गरेपछि हुथी समूहले साउदीका तेल प्रतिष्ठानलाई निशाना […]