सुर्खेत। कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार हाल कायम रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय खारेज गरिएको हो। मन्त्रालयबाट हुने कामकारबाही अब मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट हुने गरी कायम गरिएको ती मन्त्रीले जानकारी दिए। ‘अहिले त्यो मन्त्रालयबाट जुन […]