राष्ट्रियसभाका अध्यक्षद्वारा एनपीएल सफलताको शुभकामना

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कीर्तिपुर क्रिकेट स्टेडियममा आजदेखि सुरु भएको ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका छन् ।  अध्यक्ष दाहालले शुभकामना सन्देश जारी गर्दै नेपाली क्रिकेटले विश्व समुदायमा देशको पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेका छन् ।  उनका अनुसार विदेशी मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलाडीहरूले राष्ट्रको गौरव र […]