काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई आयआर्जनसँग जोड्नुपर्ने बताएका छन् । रेड कार्यान्वयन केन्द्रद्वारा आज आयोजित दोस्रो वन सम्वद्र्धन राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले वन व्यवस्थापनलाई आम्दानी, नवप्रवर्तन, ‘डिजिटल’ प्रविधि, बजार पहुँच, मूल्य शृङ्खला र स्थानीय रोजगारी सिर्जनासँग जोडिनुपर्ने बताए । ‘सिल्भीकल्चर’को सिद्धान्त र अभ्यासद्वारा वन व्यवस्थापनलाई आयआर्जनसँग जोड्न सकिने विचार व्यक्त […]