निजामती क्षेत्रमा अर्यालको योगदान अनुकरणीय : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले निजामती क्षेत्रमा मुख्यसचिव एकनारायण अर्यालले दिएको योगदान अनुकरणीय रहेको बताएकी छन्। बुधबारदेखि अनिवार्य अवकाशमा जान लागेका मुख्यसचिव अर्यालको बिदाइका लागि सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन्। अर्यालको मिहिनेत, समर्पण र प्रशासनिक नेतृत्व उच्च उदाहरणका रूपमा स्थापित भएको उनको भनाइ छ।