काठमाडौं उपत्यकाका बासिन्दामा वायु प्रदूषणप्रति चिन्ता उच्च रहे पनि त्यसको स्तर थाहा पाउन वैज्ञानिक तथ्याङ्कको प्रयोग कमजोर रहेको ताजा इनिसिएटिभ नेपालको सर्वेक्षणले देखाएको छ। संस्थाले सार्वजनिक गरेको १,२०० बासिन्दामाझ गरिएको सर्वेक्षणअनुसार ८१.२ प्रतिशत उत्तरदाताले उपत्यकाको वायु प्रदूषणलाई स्वास्थ्यका लागि हानिकारकदेखि अत्यन्त हानिकारक मानेका छन्। तर वायु गुणस्तर जाँच्नेहरूमध्ये ९४.१ प्रतिशतले गन्ध, दृश्यता र आँखाको जलनजस्ता […]