बुढीगण्डकी नदीमा ठूलो बाढी, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौँ । बुढीगण्डकी नदीमा ठूलो बाढी आइरहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाले आज बिहान ६:४० बजे जारी गरेको एसएमएस सूचनाअनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६ बाट बुढीगण्डकी नदीमा ठूलो बाढी आइरहेको छ। बाढीको बहाव सुरक्षित रूपमा पास नभएसम्म त्रिशूली दोभानसम्म नदी किनार […]