नेपालको सुषुप्त स्वास्थ्य संकट : लेडको विषाक्तताबारे कमजोर बहस

आज एउटा बच्चालाई लेडको जोखिमबाट जोगाउनु भनेको भोलि एउटा स्वस्थ मस्तिष्क, सक्षम नागरिक र स्वस्थ पुस्ता जोगाउनु हो। त्यसैले लेडको विषाक्ततालाई अब सुषुप्त संकटका रूपमा छोडिरहनु हुँदैन। सरकारले नीति र नियमनलाई प्रभावकारी बनाउनुपर्छ, उद्योगले जिम्मेवारी लिनुपर्छ, स्वास्थ्य प्रणालीले परीक्षण र उपचारको क्षमता बढाउनुपर्छ, विद्यालयले जनचेतनाको अभियान अघि बढाउनुपर्छ र नागरिक समाज तथा सञ्चारमाध्यमले निरन्तर खबरदारी गर्नुपर्छ।