म सहरमा हुर्किएकी हुँ। महिनावारी मेरो लागि लाज थिएन, रोग थिएन। स्कुलमा पढेकी थिएँ— यो शरीरको स्वाभाविक प्रक्रिया हो भनेर। तर मंसिरमा बिहे गरेर सुदूरपश्चिमको एउटा गाउँ पुगेपछि मैले बुझेँ, ज्ञान सबै ठाउँमा सुरक्षाको हतियार हुँदैन रहेछ। कहिलेकाहीँ ज्ञान नै एक्लो हुँदो रहेछ।