रविको अभियोग संशोधन गर्ने स्वीकृति दिँदा भेटिएका ‘नयाँ प्रमाण’ झिकाउन सर्वोच्चको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्न महान्यायाधिवक्ता कार्यालयले स्वीकृति दिँदा फेला पारेका नयाँ प्रमाण झिकाउन सर्वोच्च अदालतले आदेश गरेको छ।