काठमाडौं– उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरको उम्मेदवारी दर्ता भएको छ। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसद रुविलाई उपसभामुखको उम्मेदवार बनाएको हो। २५ वर्षीय उनलाई उपसभामुख बनाउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले सघाउने भएको छ। यससँगै धनुषाकी रूवि उपसभामुख हुने पक्का भएको छ।