गोरखा भूकम्पको ११ वर्षपछि पनि दलित बस्ती कष्टमै : त्रिपालमुनि जीवन, घर निर्माण अझै अलपत्र

गोरखा– २०७२ सालको विनाशकारी भूकम्प गएको ११ वर्ष बितिसक्दा पनि गोरखाका दलित समुदायका केही परिवार अझै व्यवस्थित आवासबाट वञ्चित छन्। राहत र पुनर्निर्माणका धेरै कार्यक्रम सञ्चालन भए पनि उनीहरू अहिले पनि त्रिपालले ढाकिएका अस्थायी टहरामै कष्टकर जीवन बिताइरहेका छन्। खोल्साको छेउमा रहेको सानो बस्तीमा झुत्रा त्रिपाल र जस्तापाताले छोपिएका जीर्ण टहराहरू देखिन्छन्। साँघुरा र होचा […]