काठमाडौँ । प्रशासकीय अदालतले जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत एवं उपसचिव हरिहर कान्त पौडेलको सरुवा निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको छ। परराष्ट्र मन्त्रालयले कात्तिक ११ गते गरेको सरुवा निर्णय बदरको माग गर्दै पौडेलले दिएको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले अर्को छलफलबाट टुंगो नलागेसम्म उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो। प्रशासकीय अदालतका अध्यक्ष […]