भोजपुर । जिल्लाका विभिन्न स्थानमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ । धान काट्ने र भित्र्याउने समयमा मौसममा आएको परिवर्तनले किसान चिन्तित बनेका छन् । जिल्लाका विभिन्न ठाउँमा परेको असिना पानीले धानबालीमा क्षति पुगेको हो । भोजपुर नगरपालिका–५ का किसान धनबहादुर थापाले असिना पानीले धानबालीमा क्षति पुगेको बताए […]