काठमाडौँ। नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा आज पनि चार वटा खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहान १० बजेबाट सुरु हुने दिनको पहिलो खेलमा पुरुषतर्फ विभागीय टोली एपीएफ क्लब र मणिमुकुन्द भलिबल क्लब आमनेसामने हुनेछन्। समूह ‘ए’ बाट दुवै खेल जितेको हेल्प नेपाल स्पोर्ट्स क्लब यसअघि नै क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ। […]