तटस्थतामा अडिग श्रीलंका : अमेरिकी लडाकू विमान राख्न दिएन अनुमति

मार्चको सुरुमा अमेरिकी सेनाले श्रीलंकाको दक्षिणी तट नजिकै इरानी फ्रिगेट ‘आइरिस डेना’ लाई टारपीडो प्रहार गर्दा कम्तीमा ८४ जना नाविकको ज्यान गएको थियो। श्रीलंकाली नौसेनाले उक्त घटनापछि ३२ जनाको उद्धार गरेको जनाइएको छ।