युद्ध अन्त्य नै प्रमुख सर्त : इरान

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित सबै मोर्चामा युद्धको अन्त्यलाई सबैभन्दा महत्त्वपूर्ण सर्तका रूपमा अघि सारेका छन् । उनका अनुसार मध्यपूर्वका विभिन्न मोर्चामा जारी सङ्घर्ष अन्त्य नभएसम्म कुनै पनि समझदारी पूर्ण मान्न सकिँदैन । ‘हाम्रो बुझाइमा यो सम्झौतामा दुई पक्ष छन्—एकातर्फ अमेरिका र इजरायल, अर्कोतर्फ इरान र हिजबुल्लाह’, सरकारी टेलिभिजनमा विदेशी […]