वीरगञ्जको बीपी उद्यान क्षेत्रमा चल्यो महानगरको डोजर

पर्साको वीरगञ्जस्थित बीपी उद्यान क्षेत्रमा रहेको अस्थायी संरचनाहरूमा महानगरपालिकाले डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिकाले आइतबार बिहानै वीरगञ्जको घण्टाघर नजिक रहेको सो क्षेत्रमा डोजर प्रयोग गरी खाली गराउने कार्य सुरु गरेको हो । महानगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा नगर र सशस्त्र प्रहरीको सहयोगमा खाली गराउने कार्य भएको स्थानीयले बताएका छन् । बीपी उद्यान खाली गराइएसँगै […]