विपद्पछिको पुनर्निर्माण र पुन:स्थापना सरकारको प्राथमिकता: मन्त्री पुन

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुन आज मनसुनजन्य विपद्बाट पुगेको क्षतिको निरीक्षणका लागि म्याग्दीमा आएका छन् । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण प्रभावित बनेको म्याग्दीको स्थलगत निरीक्षणका लागि यहाँ आएका हुन् । गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा पुन […]