बीमामा हुने ‘क्याशब्याक’ स्क्याम: धराशायी बन्दै कम्पनीहरू, कर्मचारीले यसरी खान्छन् घुस

नेपालको बीमा क्षेत्र अहिले इतिहासकै गम्भीर वित्तीय सङ्कट र नैतिक पतनको दोसाँधमा उभिएको छ । बाहिरबाट हेर्दा चम्किलो देखिने बीमा कम्पनीहरूको वित्तीय स्वास्थ्य भित्रभित्रै ‘क्याशब्याक’ नामको धमिराले खोक्रो बनाइसकेको कतिपय तथ्यहरू बिजपाटीले फेला परेको छ । गत असोजमा आएको बाढी–पहिरो र ‘जेनजी’ आन्दोलनका क्रममा भएका आगजनीका घटनाले बीमा कम्पनीहरूको वास्तविक अनुहार उदाङ्गो पारिदिएको छ । […]