स्विट्जरल्यान्डद्वारा भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो र उनका सहयोगीका सम्पत्ति ‘फ्रिज’

स्विट्जरल्यान्डले भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो र उनका नजिकका सहयोगीहरूको देशभित्र रहेको सम्पत्ति फ्रिज गरेको छ। अमेरिकी सुरक्षाबलले कराकासबाट मादुरोलाई पक्राउ गरी अमेरिकामा स्थानान्तरण गरेपछि सोमबार स्विट्जरल्यान्ड सरकारले उक्त निर्णय सार्वजनिक गरेको हो। स्विस विदेश मन्त्रालयका एक प्रवक्ताका अनुसार यो आदेश ३७ जनामाथि लागू हुनेछ। ती व्यक्तिहरूसँग सम्बन्धित सम्पत्तिको मूल्यबारे भने मन्त्रालयले कुनै विवरण उपलब्ध गराउन […]