वसन्तपञ्चमीको अवसरमा आज देशभरका सरस्वती मन्दिरहरूमा दर्शनार्थीको भिड छ। शिक्षण संस्थाहरूमा उल्लासपूर्वक सरस्वतीको पूजा भइरहेको छ। आजकै दिनलाई बालबालिकाले अक्षरारम्भ गर्ने दिनका रूपमा पनि मनाउने गरिएको छ। हरेक चन्द्रमासमा शुक्लपक्ष र कृष्णपक्ष गरी दुईपटक पञ्चमी आउने गर्छ। कृष्णभन्दा शुक्लपक्षको पञ्चमीलाई धार्मिक ग्रन्थहरूमा अधिक महत्त्व दिइएको पाइन्छ। यही माघ शुक्लपञ्चमीलाई वसन्तपञ्चमी, श्रीपञ्चमी वा सरस्वती पूजा भनेर […]