काठमाडौं- सरकारले सुरक्षण मुद्रण केन्द्रमार्फत छापिएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अन्तर्राष्ट्रिय मानक प्राप्त रहेको दाबी गरेको छ । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नयाँ लाइसेन्स अन्तर्राष्ट्रियस्तरको रहेको जनाएको हो । सरकारले जेन–जी आन्दोलनयता मात्रै केन्द्रबाट लाइसेन्स छपाइ थालेको हो । ‘हाल छपाइ भइरहेको लाइसेन्स अन्तर्राष्ट्रिय स्तरको आईएसओ ७८१० आईडी ९१ गुणस्तरको […]