ललितपुर- पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू अब कुनै पदको अपेक्षामा नरहेको बताउँदै पार्टी र देशका लागि निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेसको देउवा समूहअन्तर्गत ललितपुरमा आयोजित १५औँ नियमित जिल्ला अधिवेशनको आज महालक्ष्मीस्थानमा उद्घाटन गर्दै उनले व्यक्तिगत पद र प्रतिष्ठाभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठूलो भएको बताए। कांग्रेस जनताको […]