नेपालसँगको सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा लेदोको प्रकोपपछि चीनको तिब्बततर्फ २३ देशका २६१ विदेशी नागरिक बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। बेपत्ता विदेशीमध्ये सबैभन्दा धेरै १०४ जना नेपाली नागरिक छन्। चीनको तिब्बत स्वायत्त क्षेत्रका अधिकारीहरूले आइतबार पत्रकार सम्मेलनमार्फत पहिलोपटक बेपत्ता विदेशी नागरिकको राष्ट्रियतासहितको विवरण सार्वजनिक गरेका हुन्। अधिकारीहरूका अनुसार १०४ नेपालीसँगै ४९ भारतीय, ३३ […]