इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ । स्थानीय ५५ वर्षीय कमल परियार शनिबार बिहान आफ्नै घरको बरण्डामा मृत फेला परेका हुन् । उनको दाहिने खुट्टा, बायाँ हात र टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शनिबार बिहान ८ः३० बजे स्थानीयले घटनाबारे जानकारी […]