काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूले पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन निरन्तर भूमिका निर्वाह गर्ने बताएका छन् । पार्टीको ११ औँ महाधिवेशनमा अध्यक्षका प्रत्याशी ईश्वर पोखरेल पक्षको समीक्षा भेलामा आज यहाँ नेताहरूले पार्टीमा नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवाद (जबज)को आधारमा पार्टी निर्माणलगायत विषयमा आवाज उठाउँदै पार्टीलाई थप सुदृढ बनाउन लाग्ने बताएका हुन् । […]