श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी–१ निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता गराएका छन्। मंगलबार उनी आफ्ना समर्थकहरूको उपस्थितिमा सम्बन्धित निर्वाचन आयोगको कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।