छिटपुट विवादबाहेक देशभर शान्तिपूर्ण मतदानः नेपाल प्रहरी

काठमाडाैं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकभर शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान कार्य सम्पन्न भएको बताउनुभएको छ । बिहीवार सञ्चारकर्मीसँग कुरा गर्दै आईजीपी कार्कीले सुरक्षा निकायहरुबीचको आपसी समन्वय र एकीकृत सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको बताउनुभएको हो । उहाँकाअनुसार छिटपुट विवादहरु बहेक मुलुकभर शान्तीपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ […]