अमेरिकी नागरिकता तथा आप्रवासन सेवाको सहयोगमा गरिएको एक ठूलो अनुसन्धानपछि बोस्टनको सङ्घीय ग्रान्ड जुरीले १० जना भारतीय नागरिकहरूलाई भिसा ठगीको अभियोगमा दोषी ठहर गरेको छ। यी व्यक्तिहरूले अमेरिकाको ‘यू’ भिसा प्राप्त गर्नका लागि पसलहरूमा नक्कली सशस्त्र डकैतीको नाटक रचेको सनसनीपूर्ण खुलासा भएको छ। अभियोगका अनुसार, यी प्रतिवादीहरूले सेटिङ मिलाएर विभिन्न स्टोरहरूमा सशस्त्र डकैती गर्न लगाएका […]