काठमाडौं । जेनजी प्रदर्शनका क्रममा नख्खु कारागार ललितपुरबाट फरार रहेका एक जना कैदी सङ्खुवासभामा पक्राउ परेका छन् । प्रहरीले खाँदवारी नगरपालिका –८ का २७ वर्षीय विवेक भन्ने विशाल विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो । विशेष सूचनाका आधारमा जबरजस्ती करणी मुद्दामा केन्द्रीय कारागार नख्खु झुम्कामा कैद […]