३० असोज, काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रका दक्ष जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले विभिन्न सूचना प्रणालीको विकास, स्तरोन्नति, परिमार्जन तथा मर्मतसम्भारका लागि नौ प्रकारका पदमा कर्मचारी माग गरेको हो। केन्द्रले सार्वजनिक गरेको सूचनाअनुसार प्रमुख प्रविधि विज्ञ पदका लागि मासिक २ लाख […]