संस्थापन पक्षको ७ बुँदे प्रस्ताव, फागुन २१ को चुनावमा भाग लिएर आगामी वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान

काठमाडौं- नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र समयलाई लिएर नेताहरूबीचको विवाद झन् तीव्र बनेको छ। नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको समूहले फागुन २१ अघि नै पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने दबाब दिइरहेको छ। उनीहरूले त्यसका लागि कार्यतालिका बनाएर स्थगित केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्न तयारी गरेका छन्। तर कार्यवाहक सभापति पूर्णबहादुर खड्का […]