एमसीसीअन्तर्गत ९० किलोमिटर प्रसारण लाइन निर्माण सुरु

काठमाडौं– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत न्यू बुटवल–न्यू दमौली ४०० केभी प्रसारण लाइन निर्माण सुरु भएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले तनहुँ र पाल्पाबाट प्रसारण लाइन निर्माणको काम अघि बढाएको हो । एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुने ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको यो खण्ड ९० किलोमिटरको हुनेछ । […]