एमालेले पार्टीकाे केन्द्रीय कार्यालयमा झण्डा फहरायाे

काठमाडौं । नेकपा एमाले जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सोमबार सबै भन्दा ठूलो झण्डा फहराइएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र यससँग आबद्ध घटकका करिब सय जना नेता-कार्यकर्ताले हँसिया–हथौडा अंकित ४५-४५ फिट आकारको झण्डा राखेका हुन्। जिफन्टले अहिलेसम्मकै सबै भन्दा ठूलो पार्टी झण्डा भएकाे जनाएकाे छ । […]