काठमाडौँ, १६ असोज । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले वीरगञ्जस्थित मेडिकल कलेजमा विद्यार्थीले भोगिरहेका समस्यादेखि मुलुकका विभिन्न स्थानमा भएका दुर्घटनाको विषय उठाएका छन् । बैठकमा सांसद सांसद रहबर अन्सारीले वीरगञ्जस्थित मेडिकल कलेजमा नक्कली चिकित्सक र चर्को शुल्कको समस्याबाट विद्यार्थीलाई मुक्ति दिन माग गरे । सांसद क्षितिज थेबेले मध्यवर्ती क्षेत्रको बफरजोनका बासिन्दाको दैनिकी सङ्घर्षमय भएकाले […]