हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष पदबाट शेखर गोल्छाले दिए राजीनामा

हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष पदबाट शेखर गोल्छाले राजीनामा दिएका छन् । फागुन २५ गते उनले राजीनामा दिएको कम्पनीले जनाएको हो । चैत ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको कम्पनीको भनाई छ ।