बजार अनुगमन तीव्र, एक फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना

काठमाडौं– बजार अनुमगनलाई तीव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले एक फर्मलाई नगद जरिवाना गरेको छ । स्थललगत अनुमगनका क्रममा कैफिय देखिएपछि काठमाडौं महानगरपालिका– ११ ट्रमा सेन्टरको सुनिल क्यान्टिनलाई पाँच हजार रुपैयाँ जरिवाना गरेको हो । यस्तै, विभागले हेल्दी बाइट्म सर्भिसेज प्रालि चाबहिललाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन भनेको छ । […]