सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीले भारतीय बजारबाट अवैध रूपमा भित्र्याइएका रु ३ लाख १८ हजार बराबरका भन्सार छलीका सामान बरामद गरेको छ। विशेष निगरानी तथा गस्ती अभियानअन्तर्गत गरिएको जाँचका क्रममा उक्त सामान नियन्त्रणमा लिइएको जनाइएको छ। सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्कीका अनुसार लत्ताकपडा, कस्मेटिक सामग्री, किराना सामान तथा रजनीगन्धालगायतका वस्तु बरामद गरिएको […]