यूएन ईस्क्याप मञ्चमा मन्त्री चौधरीको सम्बोधन: जलवायु न्यायदेखि कृषि आधुनिकीकरणसम्म नेपालको एजेन्डा
मन्त्री चौधरीले हिमनदी तीव्र रूपमा पग्लिरहेको, हिमताल विस्फोटको जोखिम बढिरहेको, जैविक विविधतामा क्षति पुगिरहेको तथा खाद्य सुरक्षामा चुनौती थपिएको भन्दै अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराइन्।