आज संविधान दिवस। १० वर्षअघि २०७२ सालमा आजकै दिन आन्तरिक–बाह्य थुप्रै संघर्ष र सकसका बीच देशले संविधानसभाबाट नयाँ संविधान पाएको थियो। भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा उर्लिएको जेन–जी उभारले मुलुकलाई राजनीतिको नयाँ अध्यायमा ल्याइपुर्याएको छ। खासमा पुरानो पुस्ताको सत्तालोलुप चरित्र, ढिठ मानसिकता, कुशासन, नातावाद–कृपावादजस्ता कुसंस्कारका कारण नयाँ पुस्ताले हस्तक्षेप गर्नुपरेको हो। यो नवयुवा […]