काठमाडौं– वर्षा र सहकालका देवताको रुपमा मानिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई धूमधाम साथ महास्नान गराइएको छ । उपत्यकामै लामो जात्राको रुपमा मनाइने मच्छिन्द्रनाथको मूर्तिलाई शुक्रबार ललितपुरको लगनखेलस्थित डबलीमा स्नान गराइएको हो । प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित यक्षरानी मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहँदै आएको छ । नेपाल संवत् ४३३ अर्थात् विसं […]