ग्रेटर न्युयोर्क नेपाली च्याम्बर अफ कमर्सले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव र नेपाली नयाँ वर्ष २०८३ को अवसरमा शनिबार म्यानहाटनस्थित ‘होराइजन एज’ याटमा ‘क्रुज डिनर’ आयोजना गरी विशेष उत्सव मनाएको छ। उक्त समारोहमा कूटनीतिज्ञ, व्यवसायी, समुदायका अगुवा र नेपाली डायस्पोराका समर्थकहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रममा च्याम्बरका अध्यक्ष प्रदीप श्रेष्ठ, संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि […]