नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन कोशी प्रदेश सरकारलाई बुझाएको छ। प्राधिकरणको विराटनगरस्थित प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपलाई प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदनमा गत आर्थिक वर्ष प्रदेश कार्यालयबाट सञ्चालन गरिएका बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम, विभिन्न सरोकारवालासँग भएका अन्तरक्रिया र बीमाको पहुँच […]