कैलाली। ‘जेनजी’ प्रदर्शनका क्रममा गत २४ भदौमा सुदूरपश्चिम प्रदेशसभा भवनमा क्षति पुगेपछि प्रदेशसभा बैठक सञ्चालन हुनसकेको छैन। क्षतिग्रस्त प्रदेशसभा भवन र अन्य संरचना मर्मत तथा व्यवस्थापनको काम पनि अझै सुरु भएको छैन। प्रदेशसभा सचिवालयका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत तथा व्यवस्थापन भइनसकेको र बैठक सञ्चालनका लागि अन्य ठाउँमा पनि विकल्प नदेखिएकाले बैठक अनिश्चित बनेको हो। सभामुख […]